एमाले स्थायी कमिटी बैठक सकियो, भोलि फेरि बस्ने

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
हिजोदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बसेको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे पुन: बस्ने बताइएको छ ।
स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् ।
वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।



