धुलाचौरमा दुई महिनापछि टेलिफोन सेवा सुचारु

बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा रहेको नेपाल टेलिकमको टावर मर्मत हुँदा दुई महिनापछि टेलिफोन र फोरजी सेवा सुचारु भएको छ ।
नेपाल टेलिकम बाजुराका प्रमुख इश्वर बहादुर सिंहका अनुसार गाउँपालिकाको धुलाचौर नजिकै रहेको टेलिफोन टावरमा खरावी आएपछि प्राविधिक टोलीले मर्मत गरेपछि सेवा पुनः सुचारु भएको जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार टेलिफोन टावरमा आएको समस्या प्राविधिक टोलीले मर्मत गरेको र फोन सेवा नियमित सुचारुका लागि विद्युत लाइन समेत जडान गरिएकाले धुुलाचौर सहितका आसपासका क्षेत्रमा सेवा सुचारु भएको बताए ।
नियमित रुपमा टेलिफोन सेवा सुचारु गर्नकाल लागि थ्री फेजको विद्युत लाइन जोडिएको र टावरको सरबर डाउन भएको र उक्त समस्या प्राविधिक टोलीले मर्मत गरेर सुचारु भएको बताएका छन् ।
धुलाचौरमा रहेको टावर र छिमेकी जिल्लाको मुगुको टावर डाउन भएपछि गाउँपालिका क्षेत्रमा टेलिफोन नलाग्ने र इन्टरनेट समेत नचल्ने समस्या महिनादेखि भएको थियो ।
नेपाल टेलिकम बाजुराको प्राविधिक टोलीले उक्त सेवा मर्मत गरेपछि धुलाचौर र आसपासका क्षेत्रमा फोन सेवा नियिमत हुने भएको हो ।
स्वामीकार्तिक खापर गाउँपालिका, छिमेकी जिल्ला मुगुका केही स्थानीय तहमा फोन र फोरजी सेवा सुचारु भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button