प्रहरीले हुलाक दिवसको खुला भलिवलको उपाधी उचाल्यो

बाजुरा- जिल्ला हुलाक कार्यालय बाजुराले शुक्रबार आयोजना गरेको खुला भलिवल प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाजुराले जितेको छ ।
फाइनलमा पुगेको गौमुल च्यालेन्जर्सलाई तीन खेलको सोझो सेटमा हराएपछि प्रहरीको टीम विजेता बनेको हो ।
प्रहरी टिमले गौमुल टिमलाई पहिलो सेटमा २५–१३, दोस्रो सेटमा २५ १६ र तेस्रो २५–२३ मा पराजित जिल्ला हुलाक कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख उत्तम बमले जानकारी दिएका छन् ।
२० गतेबाट १५२ औं विश्व हुलाक दिवसको अवसरमा आयोजना गरिएको खुला भलिबल प्रतियोगितामा १० टिम सहभागी भएका थिए ।
सहभागी टिमहरुमध्ये फाइनलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुरा र गौमुल च्यालेन्जर्स बीच खेलको प्रतिष्पर्धा भएको हो ।
उपाधी जित्दै प्रहरीको टिमले नगद १२ हजार सहित ट्रफी र प्रमाण पाएको छ । भने उविजेता बनेको गौमुल च्यालेन्जर्सले ८ हजार नगद, ट्रफी र प्रमाण पत्र दिइएको निमित्त कार्यालय प्रमुख बमले बताए ।
खेलमा उत्कृष्ट खेलाडीका रुपमा गौमुल च्यालेन्जर्सका खेलाडी बल बहादुर रोकाया उत्कृष्ट खेलाडीका रुपमा सम्मानीत भएका छन् । उनलाई प्रमाण पत्र सहित सम्मान गरिएको हो ।
जिल्ला हुलाक कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख उत्तम बमको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी विशिष्ट अतिथी रहेका थिए ।
यस्तै सशस्त्र प्रहरी नायव उपरिक्षक मोहन केसी, प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, सचिव प्रेम बहादुर रौले लगायत अतिथी रहेका थिए ।
हुलाक कार्यालय बाजुराका सूर्य बहादुर साउँदले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य नन्दलाल जैशीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button