हुलाकको विश्वसनीयता घटेको छैन : समन्वय प्रमुख रोकाया

बाजुरा- जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले हुलाकको सेवा प्रवाहको विश्वसनीयता नघटेको बताएका छन् ।
शुक्रबार जिल्ला हुलाक कार्यालय बाजुराले आयोजना गरेको १५२ औं विश्व हुलाक दिवसको अवसरमा खुला भलिवल प्रतियोगिताको तथा दिवसको समापन कार्यक्रममा बोल्दै समन्वय प्रमुख रोकायाले हुलाकले दिने सेवा प्रवाह अझै प्रभावकारी हुदै गएको बताए ।
उनले हुलाकले स्थापनाकाल देखि हालसम्म सेवा प्रवाह गर्दै आएको कार्य सह्रानीय रहेबको समेत बताएका छन् । केही हदमा सेवा प्रवाहमा आँच आएको भएपनि विगतमा हुलाकको बाटो हेरेर बस्ने दिन रहेको स्मरण गराए ।
अहिले पनि आधुनिकता अपनाएको भएपनि हुलाकको महत्व र सेवा प्रवाह क्षेत्र नघटेको समन्वय प्रमुख रोकायाको धारणा रहेको छ । हुलाकको विश्वसनीयता अरु कसैको भन्दा कम नभएको रोकायाको भनाई रहेको छ ।
विश्वले मान्दै आएको हुलाकलाई विर्सन नसक्ने गुन लगाउदै सेवा प्रवाह गरेको समन्वय प्रमुख रोकायाले जिकिर गरे ।
हुलाकले आधुनिकतातर्फ गएर सेवा प्रवाह गर्नेमा विश्वास व्यक्त गरेका छन् । नेपालमा २०१३ सालमा हुलाक सेवा स्थापना भएको हो ।
हुलाकले दुर्गमका नागरिकका खबरहरु घरमै पुर्याउने कार्यमा सेवा प्रदान गर्दै आएको छ ।
विश्व हुलाक दिवसको अवसरमा खुला भलिवल प्रतियोगिता संचालन गरिएको थियो । खुला भलिबल प्रतियोगिताको उपाधी जिल्ला प्रहरी कार्यालय बाजुराले जितेको छ । प्रहरीको सटमले गौमुल च्यालेन्जर्सलाई ३–० का विरुद्ध पराजित गरेको हो । विजेता टिमलाई नगद १२ हजार सहित ट्रफी र प्रमाण पत्र दिइएको छ । भने उप विजेता गौमुल च्यालेन्जर्सलाई नगद ८ हजार सहित प्रमाण पत्र र ट्रफी प्रदान गरिएको छ ।
जिल्ला हुलाक कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख उत्तम बमको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बडीमालिका नगरपालिकाकी नगर उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशी निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी विशिष्ट अतिथी रहेका थिए ।
यस्तै सशस्त्र प्रहरी नायव उपरिक्षक मोहन केसी, प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा, नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिंह, सचिव प्रेम बहादुर रौले लगायत अतिथी रहेका थिए ।
हुलाक कार्यालय बाजुराका सूर्य बहादुर साउँदले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य नन्दलाल जैशीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button