मंसिर २ र ३ गते एमालेको राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं– नेकपा एमालेले आगामी २–३ मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
पार्टी सचिव एवं संगठन विभाग प्रमुख भानुभक्त ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् ।
शनिबार सम्पन्न स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाबारे निर्णय गरेको थियो । तर, मिति तोकेको थिएन ।
आज नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ कार्यक्रममा सचिव ढकालले राष्ट्रिय भेलाको मिति तय भएको जानकारी दिएका हुन् ।



