मार्तडीमा खानेपानीको पाइप पहिरोले बगायो,बजारमा खानेपानीको समस्या

रोशन बुढा
बाजुरा- सदरमुकाम मार्तडीमा रहेको मार्तडी बृहत खानेपानीको पाईप बिहीबार राति आएको अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाएको छ ।
मध्येराति आएको खानेपानीको पाइप सहित ट्याङ्की समेत बगाएको मार्तडी बृहत खानेपानी आयोजनाका व्यवस्थापक कर्ण रावलले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अविरल वर्षाका कारण बृहत् मार्तडी खानेपानी झाल्ले खोला मुहानमा ४०० मिटर लामो पाइप लाईन , इन्टेक, पानी कलेक्सन च्याम्बर , पहिरोले बगाएको बताए ।
खानेपानीको पाइप सहितको च्याम्बर पहिरोले बगाएपछि सदरमुकाममा खानेपानीको समस्या भएको व्यवस्थापनक रावलको भनाई रहेको छ ।
बृहत मार्तडी खानेपानी आयोजनमा आवद्ध भएका हजारौ सेवाग्राही खानेपानीको समस्या भएको छ ।
सदरमुकाममा संचालन भइरहेका होटल, पसल र सर्वसाधारणको खानेपानी नआएपछि थापाबाडा सहितका ठाउँबाट पानी ल्याउनुपर्ने बाध्यता भएको छ ।
खानेपानीको पाईप, ट्याङ्की बगाएर लगेपछि बृहत मार्तडी खानेपानीको कार्यालयका कर्मचारी र नेपाल प्रहरीको टोलीले मर्मत कार्य गर्न खोज्दा पनि सम्भव नभएको व्यवस्थापक रावलको भनाई रहेको छ ।
तत्काल खानेपानीको समस्या समाधान हुन नसक्ने भएकाले खानेपानी मर्मतका लागि नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी,उद्योगी व्यापारी सहित सर्वसाधारणलाई सहयोगका लागि बृहत मार्तडी खानेपानी आयोजनाले आग्रह गरेको छ ।
खानेपानीको पाईल चार सय भन्दा लामो पहिरो गएर बगाएकाले खानेपानी आयोजनाले सम्भव नभएकाले सबैलाई सहयोगको लागि आग्रह गरिएको खानेपानी आयोजनाका अध्यक्ष खडक रावलले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button