कप्तानगञ्ज घटनाका घाइतेसँग स्वास्थ्यमन्त्रीको भेट

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएकाहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता भेटेकी छन् ।

घाइतेको अवस्था बुझ्न मंगलबार विराटनगर आएकी उनले अस्पताल पुगेर घाइतेहरूलाई भेटेकी हुन् ।

घाइते भेटपछि अस्पताल प्रशसानलाई उनीहरूको उपचारमा कुनै कमजोरी हुन नदिन मन्त्री मेहताले निर्देशन दिइन् ।

देवानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएकाहरूको विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री मेहताले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button