टी-२०आई अलराउन्डर वरियता : हार्दिक खस्किँदा दीपेन्द्र तेस्रोमा उक्लिए

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।

नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्र भन्दा माथि रहेका हार्दिकको वरियता खस्केकाले उनी माथि उक्लिएका हुन् । हार्दिक पनि खेल भने खेलेका छैनन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० छ ।

दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । रस्टन चेज चौथोमा उक्लँदा हार्दिक तेस्रोबाट पाँचौंमा झरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button