पहिरो जाँदा एक जना बेपत्ता दुई जना घाइते

राेशन बुढा

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–९ ताम्सुमा गएराति अविरल वर्षाका कारण पहिरो जाँदा एक जना बेपत्ता भएका छन् । दुई जना घाइते भएका छन् ।
घरमाथिबाट आएको पहिरोले स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय को कर्ण बहादुर थापाको घर पहिरोमा परी क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार सोही घरका दुई जना पहिरोमा परी घाइते भएको र एक जना बेपत्ता भएको बताए । पहिरोमा परी घाइते भएका र बेपत्ता भएकाको पहिचान खुल्न सकेको छैन । लगातार वर्षा भइरहेकाले उद्धार कार्यमा समस्या भएको छ ।
उद्धारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक शैलेश्वरी बोहरा सहितको १७ जनाको टोली जिल्लाबाट र शसस्त्र प्रहरी बल बाजुराको टोली घटनास्थल तर्फ गएको छ ।
उद्धार कार्यमा बडीमालिका प्रहरी चौकी र बार्जुगाड प्रहरी चौकी गएराति देखि घटनास्थलमा रहेको प्रहरी प्रवक्ता शाहीको भनाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button