निर्वाचनपछि ओली पहिलो पटक गृहजिल्ला झापा पुगे

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौंबाट हवाईमार्ग हुँदै ओली झापा पुगेका हुन् ।

एमाले स्रोतका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि उनी गृहजिल्ला पुगेका हुन् । ओली सहभागी हुने कार्यक्रम भने भोलि आइतबार हुने बताइएको छ । तर, त्यसको एकदिन अगावै ओली गृहजिल्ला पुगेका हुन् ।

ओली झापाको भद्रपुर विमानस्थलमा ओर्लिँदा स्थानीय नेताकार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक झापा पुगेका हुन् । झापा–५ मो ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)सँग पराजित भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button