बाजुराले वर्षाका कारण ठाउँ ठाउँमा क्षति, क्षतिको विवरण आउन बाकी

बाजुरा- शनिबार अपरान्ह आएको अविरल वर्षाका कारण बाजुराका विभिन्न ठाउँहरुमा क्षति पुर्याएको छ ।
लगातारको अविरल वर्षाका कारण पहिरो आएपछि ठुलो क्षति भएको छ । वर्षासंगै आएको पहिरोका कारण साँफे मार्तडी राजमार्ग सडक समेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता गगनसिंह भाटले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार विभिन्न ठाउँमा वर्षाले पहिरो गएको जानकारी आएपनि क्षतिको विवरण भने आउन नसकेको बताएका छन् । वर्षाका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
शनिबार राति आएको अविरल वर्षाका कारण पहिरो आएर बडीमालिका नगरपालिका– मीन बहादुर थापाको भैसी गोठ पहिरोले पुरेको छ । भने सोही नगरपालिका–८ गडखेतमा तीन घर पूर्ण रुपमा क्षति भएको वडा न्म्बर ९ का वडा अध्यक्ष सूर्य किरण वि.क.ले बताएका छन् ।
वडा नम्बर ९मा बसोबास गर्ने र वडा नम्बर ८ मा घर बनाएर बसेका मोति उखेडा,धन वि.क. र तुल ल्वारको घर पुरिएको वडाध्यक्ष वि.क.ले बताउनु भयो । उखेडाको एक हल गोरु पहिरोले च्यापिएर मरेका छन् । भने तीनै जनाको घरमा राखिएको अन्नपात र लुगा कपडा समेत च्यापिएको छ । जिल्लामा शनिबार आएको वर्षाका कारण पुर्याएको क्षतिको विवरण भने आउन बाकी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button