११ औं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो,संविधान कार्यान्वयमा जोड

बाजुरा- नेपालको संविधान जारी भएको ११ औं वर्षको अवसरमामा बाजुरामा पनि विविध कार्यक्रम गरी मनाइएको छ । संविधान दिवस मुल समारोह समिति तथा जिल्ला समन्वय समिति बाजुराको ओयोजनामा सदरमुकाम मार्तडीमा देउडा, झाकी सहितका विविध कार्यक्रम गरी मनाईएको जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले जानकारी दिएका छन् ।
संविधानको पूर्ण पालना र कार्यान्वयनमा तीनै तहले लाग्नुपर्नेमा जोड दिइएको छ ।
संविधानले दिएका अधिकारलाई तीनै तहले अक्षरस पालना गरेमा संविधानको कार्यान्वय हुनेमा कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
संविधानमा भएका अधिकारलाई प्रयोग गर्दै नागरिकले पाउने अधिकारको पूर्ण पालना गरी संविधानको मर्म अनुसार अघि बढ्नुपर्नेमा सहभागीले आग्रह गरेका छन् ।
संविधान संशोधन गर्दा राजनितिक दलहरु सहितको संशोधन समिति बनाएर मात्र संविधान संशोधन गरिनुपर्नेमा धारणा सहभागीहरुले राखेका छन् ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतमा संचालन भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य जनकराज गिरी प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का, उप प्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला अतिथी रहेका थिए ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी अतिथी रहेका थिए । दिवसको अवसररमा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पत्रकार सुरक्षाकर्मी र सर्वसाधारणहरु सहभागी रहेका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले संचालन गरेको कार्यक्रमको स्वागत मन्तव्य बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button