एक युवक मृत फेला

बाजुरा- जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा बुधबार विहान एक जना युवक मृत भेटएका छन् ।
साेही गाउँपालिका-५ डाेगगडी बस्ने अन्दाजी ५५ वर्षीय धनबहादुर बुढा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गगनसिंह भाटले बार्जु खबरलाइ जानकारी दिएका छन् ।
उनले दिएकाे जानकारी अनुसार डाेगडी थामलेक सडकमा छान्ने खाेलाकाे छहरामा उक्त व्यक्ति मृत फेला परेकाे बताए । मृत्युकाे बारेमा जानकारी आउन सकेकाे छैन । मृत भेटिएकाे खबरपछि भाट नेतृत्वकाे टाेली घटनास्थलमा गएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।



