एक तीर्थयात्री अक्सिजनको कमीले सिकिस्त विरामी, उद्धारको पहल भइरहेको प्रजिअ निरौलाको भनाई

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका एक जना तीर्थयात्री सिकिस्त विरामी भएका छन् ।
बडीमालिकाको त्रिवेणीमा बुढीगंगा नगरपालिका–६ बेलकाटियाकाँका ३२ वर्षीय चन्द्र पाध्यायलाई अक्सिजनको कमीका कारण सिकिस्त विरामी भएका हुन् ।
बडीमालिकाको दर्शनका लागि गएको पाध्यायलाई अक्सिजनको कमी भएपछि उनी विरामी भएका हुन् । विरामी भएपछि उनलाई नेपाली सेना इश्वरी बक्स गुल्म बाजुराले संचालन गरेको स्वास्थ्य शिविरमा राखिएका छन् । नेपाली सेनाका चिकित्सकहरुले पाध्यायको प्राथमिक उपचार गरिरहेका छन् ।
त्रिवेणीमा अक्सिजन अभावका कारण विरामी भएका पाध्यायको नेपाली सेनाको हेलिकप्टर मार्फत ल्याउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिएका छन्
उनका अनुसार पाध्याय विरामी भइर सिकिस्त भएको खबरपछि गृह मन्त्रालय मार्फत नेपाली सेनालाई उद्धारका लागि पहल भइरहेको बताए । । त्रिवेणी क्षेत्रमा मौसम खराब हुदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button