वर्तमान सरकारप्रति जेनजी फ्रन्ट : शासन शैलीमा विगतकै सरकारको पुनरावृत्ति

काठमाडौं- जेनजी विद्रोहको पहिलो वार्षिकीमा जेनजी फ्रन्टले सरकारलाई १२ प्रश्न गरेको छ ।

जेनजी आन्दोलन भएको एक वर्ष पुगेको अवसरमा फ्रन्टले बहसपत्र सार्वजनिक गर्दै दर्जन प्रश्न सत्तासँग गरेको छ । जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको शैली विगतका सरकारसँग भन्दा खास फरक नभेटिएको फ्रन्टको निष्कर्ष छ ।

जेनजी आन्दोलनको बलमा वर्तमान सरकार बनेपनि जेनजीका मुद्दाहरूप्रति गम्भीर नभएको फ्रन्टले बुझाई छ । जेनजीहरु जेलमा रहेको र जेजनी आन्दोलनको बलमा नेताहरु सत्तामा पुगेको फ्रन्टको ठहर छ ।

सरकार र जेनजी वीचमा सहमति भएपनि त्यसको कार्यान्वयन नभएको बहसपत्रमा उल्लेख गरिएको छ । जेनजी आन्दोलनकारीहरुले हालपनि मुद्दा खेपिरहेको र पुर्पक्षका लागि जेलमा रहेकोमा सरकारको ध्यानाकर्षण गराइएको छ ।

सरकारले भूमिहीन र सुकुमवासीप्रति पटक पटक प्रहार गरिएको भन्दै फ्रन्टले आपत्ति जनाएको छ । विकल्प नदिई मानववस्ती खाली गरिएको प्रति फ्रन्टले सरकारसँग प्रश्न गरेको छ ।

झण्डै दुई तिहाई सहित प्रतिनिधि सभामा रहेको रास्वपा सरकारले संसद छल्न उद्दत रहेको फ्रन्टको निर्क्यौल छ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाफ नदिएकोमा फ्रन्टले प्रश्न उठाएको छ ।

प्रधानमन्त्री शाहले संसदमा सीमा सम्बन्धी दिएको अभिव्यक्ति कुटनीतिक तथा संवैधानिक मर्यादा विपरित रहेको फ्रन्टले बहसमपत्रका लेखेको छ । विगतमा प्रश्न सोधेकै बलमा यहाँसम्म आइपुगेको प्रधानमन्त्री देखि रास्वपा नेताहरु हाल प्रश्नबाट भाग्ने गरेको फ्रन्टको दाबी छ ।

सुरक्षा निकायलाई छुट्टै छानबिन समिति बनाउने भनिएपनि कारबाहीबाट वचाइएको फ्रन्ट निर्क्यौल छ ।

नयाँ दल रास्वपामा ‘फिल्ट्रेसन मेकानिजम’ आन्तरिक शुद्धीकरण, जवाफदेहिता र गुणस्तरको नयाँ मानक स्थापित हुन नसकेको फ्रन्टको ठहर छ । वर्तमान सरकार र सत्तासीन दल फेसबुकको लाइकको पक्षमा देखिएको फ्रन्टको आरोप छ । सरकार सामाजिक सञ्जालको लाइकको पछि लागेको भन्दै फ्रन्टको प्रश्न छ, ‘सामाजिक सञ्जालमा धेरै देखिएको कुरा नै जनमत हो ? हाम्रो प्रश्न हामीले छानिरहेका छौं कि एल्गोरिदमले ?’

वर्तमान सरकार स्वास्थ्य बीमा सुधार्न भन्दा त्यसलाई सकाउने दिशामा लागेको भन्दै फ्रन्टले आपत्ति जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button