निषेधित क्षेत्र चलाइएको ड्रोन प्रहरी नियन्त्रणमा

बाजुरा- सदरमुकाम मार्तडीमा निषेधित क्षेत्रमा चलाइएको ड्रोन क्यामरा जिल्ला प्रहरी कार्यालय बाजुराले मंगलबार नियन्त्रणमा लिएको छ ।
मार्तडीमा रहेको इश्वरीबक्स गुल्ममा अनुमति विना र निषेधित क्षेत्रमा चलाइएको ड्रोन क्यामरा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार अर्घाखाँची सन्धिखर्क नगरपालिका–९ बस्ने २९ वर्षीय तिलक श्रेष्ठले निषेधित क्षेत्रमा ड्रोन उडाएको नेपाली सेनाको ईश्वरी बक्स गुल्म थापाथली ब्यारेकले जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर पछि प्रहरी निरिक्षक नरेश बहादुर शाहीको कमाण्डमा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
ड्रोन क्यामरा चलाउने श्रेष्ठसंग कागजपत्र समेत नरहेको हँुदा उक्त ड्रोन नियन्त्रणमा लिईएको हो । प्रहरीले थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button