आजदेखि बडीमालिकाको पुजा सुरु, मुख्य पुजा भदौ ११ गते हुने

बाजुरा- धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा आजबाट पुजा सुरु भएको छ । बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीहरुको सहजताका लागि आजबाट पुजाको कार्य सुरु गरिएको पुजारी नेत्रप्रसाद पाध्यायले बार्जु खबरलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार मेलाको समयमा भक्तजनहरुको भीडभाड हुने र मुल पुजा गर्ने समयमा भक्तजनहरुले दर्शन गर्न नपाउने भएकाले आजबाट नै एक जना ब्राहमण सहित पु्जा कार्य आरम्भ गरिएको बताए ।
शक्तिको पीठमा रुपमा रहेको बडीमालिकामा दैनिक रुपमा आन्तरिक तथा बाह्य दर्शनार्थीहरुको भीड लाग्ने गरेको छ ।
बडीमालिका क्षेत्रमा रहेको त्रिवेणी,खेतीपाती र रमाइला फाँटहरुमा रमाउने गरी तिर्थयात्रीहरुको बढ्न थालेका छन् ।
पैदल यात्रा गरेर जाने बडीमालिका क्षेत्रमा रमणीय फाँट र त्रिवेणीको खेतीबेती लगायतका क्षेत्रहरु छन् ।
२२ पाटनका रुपमा रहेको बडीमालिकामा मनोकाँक्षा पुरा हुने र निःसन्तान भएकालाई सन्तान दिन धार्मिक विश्वास रहेको बडीमालिकाको महिमा बढ्दै गएको छ ।
बडीमालिका धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले पनि यसको प्रवद्र्धन, संरक्षणमा गर्न जरुरी रहेको छ ।
गत वर्ष बडीमालिकामा दर्शन गर्नेको ३५ हजार बढी दर्शनार्थीहरुले दर्शन गरेका थिए । यो वर्ष करिव ५० हजारले बडीमालिकाको दर्शन गर्न सक्न्े अनुमान गरिएको छ ।
बडीमालिका क्षेत्रमा आउने तीर्थयात्रीहरुका व्यवस्थापन र उनीहरुलाई सहज रुपमा यात्रा गर्न बडीमालिका र त्रिवेणी नगरपालिकाले गर्ने निर्णय समेत गरिएको छ ।
सदरमुकाम मार्तडीबाट जाने तिर्थयात्रीहरुका लागि बडीमालिका नगरपालिकाले बासको व्यवस्थापन गर्ने र सोही अनुसार त्रिवेणीले गर्ने सर्वपक्षीय बैठकले निर्णय गरेको हो ।
भदौ पूर्णिमाको अघिल्लो दिन शुक्ल चतुर्दशीका दिन लाग्ने बडीमालिकाको मेला व्यवस्थापनमा स्थानीय सरकारले गर्ने निर्णय भएको जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन् ।
बाजुरा, डोटी र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोलीसमेत यहाँ आउने परम्परा छ ।
डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहित टोली यसअघि साउन २८ गते नै हिडिसकेको छ । यस वर्ष दर्शनार्थीको सङ्ख्या थप बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिका माताको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि संख्या बढ्ने अनुमान गरिएको स्थानीय चन्द्र थापाले बताए ।
बडिमालिका नगरपालिका प्रमुख अमरबहादुर खड्काले पूजा तथा मेला व्यवस्थापनका लागि सबै तयारी भइरहेको जानकारी दिएका छन । त्यसका लागि जिल्ला प्रशासन, स्थानीय तह र सुरक्षा निकायले तयारी तीव्र पारेका बताएका छन ।
“मेला सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन १४ बुँदे निर्णयसमेत गरिएको छ । मन्दिर जाने मार्गमा संकेत चिन्ह, साइनबोर्ड तथा सूचना पाटी राख्ने, धार्मिक क्षेत्रको पवित्रता कायम गर्न मदिरा, लागूपदार्थ र मासुजन्य वस्तु निषेध गरिने निर्णय भएको छ,उनले भने ।”
यहाँ आउने दर्शनार्थीमा लेक लागे, बिरामी परे वा अन्य कारणले आपत्कालीन उद्धार आवश्यक परे जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले तत्काल उद्धार गर्ने व्यवस्था निमित्त जिल्ला समन्वय अधिकारी दिपेन्द्र पाण्डेले बताएका छन । त्यसका लागि स्थानीय तहले जिल्ला अस्पताल तथा स्वास्थ्य कार्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मीसँगको समन्वयमा बाँकी व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्ने जनाइएको छ ।



