साँफे मार्तडी राजमार्ग अवरुद्ध, खुलाउने कार्य जारी

बाजुरा- अविरल वर्षाका कारण सदरमुकाम मार्तडी जोड्ने साँफे मार्तडी राजमार्गमा पहिरो आउँदा शुक्रबार विहानबाट अवरुद्ध भएको छ ।
उक्त राजमार्गमा पर्ने विभिन्न ठाउँमा वर्षाका कारण पहिरो गएपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
राजमार्गमा पर्ने जडांगा, नुनेपानी सेलाघाट र कारागार नजिकैमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिएका छन् ।


उनले दिएको जानकारी अनुसार राजमार्गमा गएको पहिरो हटाउन सडक डिभिजन कार्यालयको जेसिभिले काम गरिरहेकोले सडक खुलाउन अझै समय लाग्ने बताए ।


बाढीका कारण बडीमालिका नगरपालिका ९ सेलाघाटमा ठुलो क्षति भएकोले उक्त ठाउँमा राजमार्गमा आएको पहिरो पन्छ्याउने कार्य भइरहेको र अन्य ठाउँमा आएको पहिरो पन्छ्याउन नसकिएको बताए ।


जेसिभीले पहिरो गएको ठाउँमा पन्छ्याएर बाटो खुलाउने कार्य भइरहेकोले आज दिउँसोसम्म राजमार्ग पुर्ण रुपमा संचालनमा आउने प्रहरी निरिक्षक शाहीको भनाई रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button