सरकारलाई प्रचण्डको प्रश्न : संविधान पुनर्लेखन नै गर्न खोजिएको त होइन ?

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहाकार असिम साहको नेतृत्वका संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनेको थियो । उक्त कार्यदलले आफ्नो काम गरेको छ ।

यसमा रहेका अन्य दलका प्रतिनिधिहरू भने अन्तिम समयमा बारिएका थिए ।

यो पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको उद्देश्य र प्रक्रियाबारे सरकारलाई प्रश्न गरेका हुन् ।

‘यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठूलो त्याग र तपस्याबट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई पुनर्लेखन नै गर्न खोजिएको त होइन ?,’ उनले प्रश्न गरे ।

अगाडि थपेका छन्, ‘या संविधानलाई कुनै न कुनै रूपमा अझ पछि कमजोर पार्ने उद्देश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button