ताम्सुका पहिरो पिडित र प्रभावितलाई सहयोगको आग्रह

बाजुरा- बिहीबार मध्ये राति अविरल वर्षासंगै घर पछाडीबाट आएको पहिरोमा परी विस्थापित भएका र पहिरोको जोखिममा रहेको सिंगो बस्तीलाई पिडितको राहत सहयोगका लागि त्रिवेणी नगरपालिकाले आग्रह गरेको छ ।
शनिबार बसेको नगर कार्यपालिकाको विपद व्यवस्थापन समितिको बैठकले विपदमा परेर पूणर्ए विस्थापित भएका धर्म थापा र कर्ण थापाका परिवारलाई राहत सहयोगका लागि संघसंस्थालाई अपिल गरिएको छ ।

पहिराले नगरपालिकामा जनधनको क्षति भएपछि नगरपालिकाले प्रभावित परिवारको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि पहल थालेको छ । पहिरोले धर्म थापा र कर्ण थापाको घरमा क्षति पु¥याएको तथा पहिरोमा परी एक जनाको मृत्यु र दुई जना घाइते भएका थिए ।
घटनाप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समिति तथा नगरकार्यपालिकाको बैठकले विपद्बाट प्रभावित परिवारको तत्काल राहत, उद्धार तथा पुनस्र्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख गरेको छ । त्यसका लागि नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्था, निजी क्षेत्र तथा सम्पूर्ण सहयोगी मनहरूलाई एकद्वार प्रणालीमार्फत सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।
नगरपालिकाले प्रभावित परिवारको स्थलगत निरीक्षण तथा क्षतिको विवरण संकलन गरी आवश्यकताका आधारमा राहत तथा पुनस्र्थापनाको कार्ययोजना तयार गर्ने जनाएको छ ।
तत्कालका लागि प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, ग्यास तथा कम्बललगायतका अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने निर्णयसमेत गरिएको छ ।
नगरपालिकाले स्थानीय स्रोत तथा साधनबाट सम्भव भएसम्म आवश्यक सामग्री जुटाई प्रभावित परिवारलाई सहयोग गरिरहेको नगर प्रवक्ता मीनबहादुर भण्डारीले बार्जु खबरलाई जानकारी दिएका छन् ।
विपद्बाट प्रभावित परिवारलाई थप राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न सरकारी निकाय, संघ–संस्था, निजी क्षेत्र तथा सहयोगी दाताहरूलाई आग्रह गरेको बताए ।
नगरपालिकाले विपद् प्रभावित परिवारलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले त्रिवेणी नगरपालिकाको विपद् व्यवस्थापन कोषमा आर्थिक सहयोग गर्न सक्ने जनाएको छ । कोषका लागि नेपाल बैंक लिमिटेड, त्रिवेणी शाखा, बाजुरामा खाता सञ्चालन गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button