रेमिट्यान्सको भरमा देश चलाउने सोचबाट उठ्न सांसद अधिकारीको सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपालको मौलिकता र प्रविधिलाई जोडेर नयाँ आर्थिक मार्गचित्र गर्नुपर्ने धारणा अघि सारेकी छिन्।

प्रतिनिधि सभाको शून्य समयमा सांसद अधिकारीले युवा पलायनका कारण रित्तिएका पहाड र मौन रहेका गाउँबस्तीको पीडादायी अवस्थाको अन्त्य गर्दै रेमिट्यान्सको भरमा मात्रै देश चलाउने सोचबाट माथि उठ्नुपर्ने बताएकी हुुन्।

प्रविधिको यो युगमा विश्वका प्रखर मस्तिष्कहरूलाई आकर्षित गर्न सरकारले तत्काल डिजिटल नोम्याड भिसा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिइन्। जसले विदेशी विज्ञहरूलाई नेपालको तराई, पहाड र हिमालको विविधतामा रमाउँदै काम गर्ने वातावरण दिने उनको दाबी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button