पालिका र वडाको सीमाना हेरफेर सम्बन्धी सरोकारवालासंग अभिमुखीकरण संचालन

बाजुरा- जिल्ला समन्वय समिति बाजुराले बिहीबार जिल्लाका सरोकारवालाहरुलाई सिमाना हेरफेर सम्बन्धी मापदण्ड २०८३ को बारेमा अभिुमखीकरण गरिएको छ ।
हालै जारी भएको ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या हेरफुर तथा नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड २०८३’ को अध्ययन समितिको प्रारम्भ बैठक तथा पदाधिकारी र सरोकारवालाहरुलाई मापदण्ड सम्बन्धी एक दिने अभिमुखीकरण संचालन गरिएको हो ।
स्थानीय तह संचालन ऐन २०७४ अनुसार वडाको सिमाना हेरफेर तथा गाउँपालिका र नगरपालिकाको सिमाना हेरफेर सम्बन्धी बनेको समितिको काम कर्तव्य र अधिकारहरुको बारेमा अभिमुखीकरणमा जानकारी गराइएको छ ।
स्थानीय तह संचालन ऐन २०७४ को दफा उप दफा अनुसार बनाइनु पर्ने वडागत संरचना र वडामा रहेका नागरिकलाई सेवा पहुँमा समानता सहितको बारेमा जिल्ला समन्वय समिति बाजुराका निमित्त समन्वय दिपेन्द्र पाण्डेले सहजीकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा उनले जिल्लाका गाउँपालिका, नगरपालिका र वडा संरचना तथा सिमाना हेरफेरमा समितिको अध्ययन पछि स्थानीय तहको सभाले पारित गर्दै प्रदेश र केन्द्रको मन्त्रीपरिषदमा पेश भएपछि लागु हुने प्रावधान रहेको बताएका छन् ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बुढीनन्दा नगरपालिकाका उप प्रमुख रामबहादुर बोहरा, खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावत, गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, बडीमालिका नगरपालिकाकी उप प्रमुख नन्दा थापा, स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष सुलोचना भण्डारी, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला सहित राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, सुरक्षाकर्मी पत्रकार लगायत सहभागी थिए ।
कार्यक्रममा स्थानीय तहको प्रशासनिक संरचनालाई समयानुकूल, प्रभावकारी र सेवा प्रवाहमुखी बनाउन आवश्यक मापदण्डबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहको संख्या तथा सिमाना हेरफेर गर्दा भौगोलिक अवस्था, जनसंख्या, सेवा प्रवाहको सहजता, पहुँच र स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।
जिल्ला समन्वय समिति बाजुराले अभिमुखीकरण कार्यक्रमबाट स्थानीय तहको पुनर्संरचना तथा व्यवस्थापनसम्बन्धी विषयमा साझा बुझाइ विकास हुनुका साथै आगामी नीतिगत प्रक्रियामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button